Wed. May 14th, 2025

सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २७ विधामा

३० साउन,  धादिङ –

‘तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड–२०७४’ मा उत्कृष्ट आधुनिक गायनतर्फ ला छैन माया‘ बाट कृष्ण काफ्ले र उत्कृष्ट आधुनिक गायिकातर्फ तिमी बेला‘ बाट सहिमा श्रेष्ठ विजेता भएका छन् ।

धादिङबेसीको ओम शान्ति चलचित्र मन्दिरमा सम्पन्न कार्यक्रममा गीतकारतर्फको अवार्ड मेरो चरित्र‘ बाट डा। कृष्णहरि बराल, संगीतकारतर्फको अवार्ड म रुँदा‘ बाट सुरेन्द्र श्रेष्ठ र आधुनिक गीत नवगायिकातर्फको अवार्ड टुट्यो टुट्यो‘बाट बुनु उप्रेतीले जिते ।

यस्तै आधुनिक गीतमै उत्कृष्ट म्युजिक भिडियो महिला मोडल चित्त यो मेरो‘ बाट जान्वी बोहरा, पुरुष मोडल झड्का‘ केके अधिकारी, उत्कृष्ट म्युजिक भिडियो निर्देशक उनी जाने‘ बाट नवीनबाबु गुरुङ, उत्कृष्ट सम्पादक कोही कोहीको‘ बाट दिपक विष्ट र उत्कृष्ट छायाकार कोही कोहीको‘ बाटै अजय रेग्मी विजेता भएका छन् । तिमी बोल‘ बाट अभिनेत्री÷मोलड खुस्बु खड्काले पब्लिक च्वाइस अवार्ड र सम्झेर फेरि‘ बाट मोडल मञ्जिता केसीले एसएमएस भोटिङ अवार्ड हासिल गरे ।

यस्तै लोकदोहोरीतर्फ उत्कृष्ट गायक फूल हौ‘ बाट मौसम गुरुङ, उत्कृष्ट गायिका सातोपुत्लो‘ बाट भूमिका गिरी, उत्कृष्ट नवगायक तोरी हरियो‘ बाट तिलक परियार, उत्कृष्ट नवगायिका गुन्दु्रक सिन्की‘ बाट टीका तारमी मगर, उत्कृष्ट लोकगीतकार चरी भएदेखि‘ बाट शिखर गजरकोटे, उत्कृष्ट लय नुवाकोटे कोही‘ बाट उद्धव कार्की विजेता भए । यस्तै लोकदोहोरीतर्फ नै उत्कृष्ट मोडल पुरुषमा तिमी फूल‘ बाट दुर्गेश थापा, मोडल महिलामा भुरुरु‘ बाट रिना थापामगर, म्युजिक भिडियो निर्देशक मायाले‘ बाट प्रकाश भट्ट र भिडियो छायाकार आज गाउँमा‘ बाट प्रवीण भट्ट घोषित भए ।

यस्तै सो कार्यक्रममा जुरी अवार्डबाट आज गाउँमा गीतका गायक कृष्ण रेउलले, पब्लिक च्वाइज अवार्ड हेलम्बुको स्याउ‘ बाट मञ्जु गौतमले, पपुलर अवार्ड बोली नफेर‘ बाट दिनेश थापाले र इन्करेजमेन्ट अवार्ड एक चोटि भेट्न‘ बाट मोडल लीला गिरीले प्राप्त गरे । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ संगीतकार शम्भुजित बासकोटाले कार्यक्रममा लाइफटाइम एचिभमेन्ट अवार्ड–२०७४ बाट सम्मानित गरिने घोषणा गरे ।

यस्तै सुन्दरादेवी सन्देश संगीत पत्रकारिता पुरस्कारबाट पत्रकार कुबेर गिरीलाई पुरस्कृत गरियो । लोकसंगीत पत्रकारिता पुरस्कारबाट पत्रकार सुन्दरमणि भट्टराईलाई पुरस्कृत गरियो । दुवै पुरस्कारको राशि जनही ५ हजार ५ सय ५५ रुपैयाँ थियो । इभेन्ट आयोजक निशुकान्त झालाई विशेष सम्मान प्रदान गरियो ।

सो कार्यक्रममा संगीतमा प्रगति गरेकी नुवाकोटकी मोडल रश्मि तामाङलाई ३३ हजार ३ सय ३३ रुपैयाँसहितको विशेष सम्मान प्रदान गरियो । सो प्रतियोगिताको निर्णायकमा पत्रकार शान्तिप्रिय सँगीतकार सन्तोष श्रेष्ठ र गायक चन्द्रराज शर्मा थिए ।

वर्षभरिका उत्कृष्ट संगीत र सोसँग सम्बन्धित सर्जकलाई तीन वर्षयताबाट सुन्दरादेवी सन्देश म्युजिक अवार्ड प्रदान गरिँदै आएको आयोजक तथा सुन्दरादेवी सन्देश साप्ताहिकका अध्यक्ष किरण अधिकारीले कार्यक्रममा प्रकाश पारे ।

 

२०७४ साउन ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: