धादिङ। हालै मात्र सहसचिवमा बढुवा हुनुभएका धादिङका स्थानीय विकास अधिकारी तामाङलाई तामाङ घेदुङले आज सम्मान गरेको छ ।
नेपाल सरकारको सह–सचिवमा बढुवा हुुनुभएका तामाङलाई शुक्रबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरी सम्मान सहित विदाई गरेको हो । गत ९ महिना देखि धादिङमा स्थानीय विकास अधिकारीको रुपमा कार्यरत तामाङलाई नेपाल तामाङ घेदुङका महासचिव कनार ब्लोन तामाङले दोसल्ला ओडाएर सम्मान गर्नुभयो ।
कार्यक्रममा धादिङका सभाषदहरु गुरु बुर्लाकोटी, धन बहादुर घले, दिलमान पाख्रीन, परशुराम तामाङ र एकीकृत नेकपा माओवादीका नेता वीरबहादुर तामाङले नेपाल सरकारको क श्रेणीको सह–सचिवमा बढुवा हुनुभएका तामाङलाई बधाई दिनुभयो । घेदुङ जिल्ला कार्य समिति धादिङका अध्यक्ष रामसिंह तामाङको अध्यक्षतामा भएको कार्यक्रमकैबीच तामाङलाई मायाँको चिनो स्वरुप उपहार प्रदान गरिएको छ । तामाङ विगत ८ महिनादेखी धादिङको स्थानीय विकास अकिारीको भुमिकामा हुनुहुन्थ्यो । छोटो समयमा धादिङ जिल्लाको विकासका काममा राम्रो योगदान पु¥याएकोमा कार्यक्रममा सहभागीहरुले तामाङको प्रशंसा गरेका छन् ।