Sat. Jul 27th, 2024

सभाषदलाई पनि नचायो ‘सालैजो’ले

1 (2)

शंकर श्रेष्ठ, धादिङ ।
पिठ्युमा खुर्पेठ्याक । गलामा पहेलो काँची (पोते) सहित झपक्कै गहना । चाँगा र घलेकले सजिएका यूवतीहरुको नाचले सबैलाई चकित बनायो । मञ्च अगाडि सालैजो र सोरठीमा घुमीघुमी नाचेको दृष्य फिल्मको पर्दामा देखिएको भन्दा कम थिएन । शुक्रबार धादिङबेसीमा आयोजित जिल्लाव्यापी खुल्ला सोरठी तथा सालैजो लोकनृत्य प्रतियोगिताको दृष्य हो यो ।

IMG_7878
लोप हुने अवस्थामा पुगेको मगर सस्कृति जगेर्नाको लागि नेपाल मगर संघले सोरठी र सालैजो नाच्ने÷गाउले अवसर जुराएको हो । मगर समुदायको पहिचान झल्कने सोरठी र सालैजोले बालकदेखि वृद्धसम्मलाई मात्र होइन सभाषद गुरुप्रसाद बुर्लाकोटीलाई पनि चोखो छोडेन । मगर जातीको परम्परा र सस्कृतिका कुरा संग जोडिएका सालैजोले आफ्नो मन नथामिएको सभाषद बुर्लाकोटीले बताए । बुर्लाकोटीले धादिङ जिल्लाको चिनारी दिने आफैले लेखेको गीत समेत सालैजोमा मिसाउन भ्याए । प्रतियोगितामा गाइएको गितले कतिलाई मन्त्रमुक्त नै बनायो । सोरठी र सालैजो गाउने कलाकारहरुको गलामा स्वर थपिरहेका थिए सहभागीहरु । मञ्चमा आफ्नै भेषभुषमा सजिएर नाचेका मारुनीको सिको गर्नेहरुको पनि कमी देखिएन । नाच हेर्न गाउँ गाउँबाट धादिङबेसी आइपुगेका बृद्धबृद्धा देखि साना बालबालिका सबैको गालामा पसिनाको धारो छुटेको पनि उनीहरुलाई पत्तो थिएन ।

3

‘हा..हा..होहो…

यही सोरथी नानीको, निधार हो हो…

सोरथी नानीको, निधार हो हो…।’
सलाङका कलाकारहरुले सुनाएको सोरठी हो यो । यसरी गीत सुनाइरहँदा आफुलाई जवानीको याद दिलाएको सलाङका तिर्थ सारुमगरले बताए । गाला चौरीएपनि तन्नेरीहरुको सालैजो हेर्न आइपुगेकाहरुको पनि आँखा एक टकले नाचतिरै गढेको देखिन्थ्यो । कलाकारहरुले गाएका गीतमा मगर समुदायको सस्कृति, उनीहरुको परम्परा र भेष भुषालाई जोड दिएका थिए ।

4 (1)
जिल्लाव्यापी खुल्ला सोरठी तथा सालैजो लोकनृत्य प्रतियोगिता सालैजो तर्फ मगर संघ निलकण्ठ नगर इकाई समितिको समूह प्रथम भएको छ भने निलकण्ठ नगरपालिका कै साखुसोरघर मगर समूह द्धितीय र नेपाल मगर संघ बैरेनी गाउँ इकाई समूह तृतीय भएको छ । सहभागीहरु मध्य सोरठीतर्फ सलाङ्ग मगर समुह प्रथम, नीलकण्ठ मगर समुह दोस्रो र धुवाकोट मगर समुह तृतिय भएका छन् । त्यस्तै सल्यानटार कुमाल समूह र दार्खा मगर समूह सान्वना भएको छ । प्रतियोगिताका विजयीहरुलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

समापन कार्यक्रममा सभाषद गुरुप्रसाद बुर्लाकोटीले बहु जातीहरुको बसोबास रहेको देशमा सबै जात जातीको परम्परा र सस्कृतिको जगेर्ना गर्न आवश्यक रहेको बताए । सभाषदहरु धनबहादुर घले, दिलमान पाख्रिन र परशुराम तामाङले पनि जातीय विविधताले युक्त मुलुकको पहिचान जोगाउँन सास्कृतिक संरक्षण आवश्यक रहेको बताए । नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी, नेपाली काङ्ग्रेस धादिङका सभापति रामनाथ अधिकारी लगायत दलका नेताहरुले राजनीतिक आस्था फरक फरक भएपनि आफ्नो सस्कृति र परम्परा जोगाउन सबै एक हुनुपर्नेमा जोड दिए । यस्ता प्रतियोगिताले परम्परागत संकृति जोगाउन सहयोग पु¥याउने भन्दै बेलाबेला यस्ता कार्यक्रमको आवश्यकता रहेको नेपाल मगर संघका केन्द्रिय सदस्य हरि पाटा मगरले बताए ।

5 (2)

 

 

About The Author

Loading...

अन्य समाचारहरु: