

९ भदौ, धादिङ –
नेपाल आइडलको टप ५ बाट सुजता पाण्डे बाहिरिएकी छन् । नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो अन्र्तगत शुक्रबार भएको नेपाल आइडल प्रतियोगिताको टप ५ बाट पाण्डे बाहिरिएकी हुन् ।
रूपन्देही तिलोत्तमा–८, मणिग्रामकी सुजाता पाण्डे हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै टप ५ सम्म पुगेकी थिइन् । बुटवलको बागेश्वरी संगीतालयमा संगीत कक्षा सिक्दै गरेकी पाण्डे रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको राममणि बहुमुखी क्याम्पसमा बीबीएस अध्ययनरत छिन् ।
नेपाल आइडलको टप ४ मा बुद्ध लामा, निसान भट्टराई, सागर आले र प्रताप दास छन् ।
२०७४ भदौ ९ गते प्रकाशित