Sat. Jul 27th, 2024

फौजी कसरतले सार्थक परिणाम दिदैन : नेपाल

madhav
१६ फागुन, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादीले आयोजना गरेको जनप्रर्दशनमा गरिएको फौजी कसरतले सार्थक परिणाम नदिने बताउनुभएको छ ।

नेपाल बुद्धिजिवी परिषद् भक्तपुरको सातौ जिल्ला अधिवेशनको भक्तपुरमा उद्घाटन गर्दै उहाँले विपक्षीको जनप्रर्दशनले सत्ता पक्षको मनस्थितिमा कुनै प्रभाव नपार्ने बताउँदै अहिले वार्ता र संवादबाटै सहमति जुटाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । संविधान निर्माणको काम गतिरोधमा अल्झिएको बताउँदै अब असमझदारी, अविश्वास र शब्दवाणको प्रभावले पारेको असर हटाएर संवादको वातावरण बनाउनुपर्ने उहाँको भनाई छ ।

नेता नेपालले जातीय राज्य र आत्मानिर्णयको अधिकारलाई संघीयतासंग जोड्न नमिल्ने बताउनु भएको छ । जातीय विशेषाधिकार अग्राधिकार पनि संघीयतामै खोजेको चर्चा गर्दै उहाँले यो पनि फरक विषय भएकाले संघियतामा जोड्न नमिल्ने बताउनुभयो । संघीयतालाई जनसहभागिता र जनतनाको सक्रिय भूमिकाको रुपमा मात्रै बुझ्नुपर्ने उहाँले बताउनुभयो । उहाँले माघ ८ को समयसिमा सकिसकेकाले अब संविधान निर्माणका लागि जेठ १५ भन्दा पर जान नहुने बताउनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: