Sat. Jul 27th, 2024

स्वाइनफ्लुबाट एक महिलाको मृत्यु

swine-flu-300x230
१७ फागुन, काठमाडौं । स्वाइनफ्लुबाट राजधानी काठमाडौँमा एक महिलाको मृत्यु भएको छ । काठमाडौं क्षेत्रपाटीकी ५० बर्षिया महिलाको शनिबार राती काठमाडौंको मोडल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वाइनफ्लुको आइतबार मात्रै पुष्टि गरेको छ । मृतक महिलाको परिचय गोप्य राखिएको छ । उनी दमका रोगी थिइन् र १५ दिनअघि उपचार गराउन आउदा निमोनिया देखिएको अस्पतालले जनाएको छ ।

स्वाइनफ्लुबाट मृत्यु भएको यो पहिलो घटना हो ।  भारतमा महामारीको रुपमा फैलिएको स्वाइनफ्लु संक्रमित विरामीको संख्या नेपालमा झण्डै ३० पुगिसकेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: