Sat. Jul 27th, 2024

अनेरास्ववियु धादिङको २३ औँ जिल्ला सम्मेलनको तयारी तीब्र

studinnt
१७ फागुन धादिङ । नेकपा एमाले सम्बद्ध अनेरास्ववियु धादिङको २३ औँ जिल्ला सम्मेलनको तयारी तीब्र पारिएको छ ।

फागुन २२ र २३ मा हुने जिल्ला अधिवेशनका लागि अहिले बजार क्षेत्र र राजमार्ग क्षेत्रहरुमा व्यानर तथा प्रचारका सामग्रीहरु टाङने कार्य भईरहेको छ भने आर्थिक संकलन कार्य पनि भइरहेको प्रचार प्रसार संयोजक दोलख गुरुङले जानकारी दिनुभयो ।

सम्मेलनका लागि प्रतिनिधि व्यवस्थापनको कार्य सुरेन्द्र वि.क र आर्थिक संकलनको कार्य भुवन श्रेष्ठले गरिरहनु भएको छ । सम्मेलनले ३९ सदस्यीय नयाँ जिल्ला कमिटिको गठन गर्नेछ ।

धादिङको नलाङ गाँउ विकास समितिको वडा नं ५ मा रहेको सिद्धेश्वर उच्च माध्यमिक विद्यालयमा हुने सम्मेलनलाई नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञावालीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको अनेरास्ववियु धादिङले जनाएको छ ।

सम्मेलनका लागि स्कुल तथा क्याम्पस तहहरुमा नयाँ कमिटि गठन तथा पूराना कमिटिको पूर्नगठन कार्य भइरहेको छ । सम्मेलनका लागि माध्यमिक विद्यालयबाट दुई जना, उच्च माध्यमिक विद्यालयबाट एक जना महिला सहित तीन जना र क्याम्पस तहबाट दुई जना महिला सहित पाँच जना सम्मेलन प्रतिनिधि आउन पाउने व्यवस्था रहेको अनेरास्ववियु धादिङका अध्यक्ष सन्तोषराना क्षेत्रीले जानकारी दिनुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: