Sat. Jul 27th, 2024

आजदेखि नयाँ भाडादर लागु

Sajha_Yatayat

१८ फागुन, काठमाडौं  । व्यवसायीको विरोधका बिच सार्वजनिक यातायातका साधनहरुमा घटेको भाडादर लागु भएको छ । सरकारले आजदेखि सूचना निकालेर भाडादर लागु भएको जनाएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले केही दिन अघि सरोकारवालाहरुसँग छलफल गरी भाडादर घटाएको थियो ।

काठमाडौं उपत्यकामा २ दशमलव ३ प्रतिशत भाडा घटाइएकाले अबदेखि न्यूनतम १३ देखि अधिकतम २५ रुपैयाँसम्म मात्र लिन पाइन्छ । मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाका अनुसार ट्याक्सीमा १ दशमलव ६ र ट्रकमा ५ प्रतिशत भाडा घटाइएको र त्यो भाडादर आजदेखि लागु गर्नुपर्नेछ ।

यातायात व्यवसायीले भने वैज्ञानिक भाडादर कायम हुनुपर्ने भन्दै नयाँ भाडादर लागु गर्न असहमति जनाउँदै आएका छन् । लगातार पट्रोलियम पदार्थको मूल्य घटेपछि यातायात भाडा पनि घटाइएको थियो ।
ओएनएसबाट साभार

About The Author

Loading...

अन्य समाचारहरु: