Wed. May 14th, 2025

नेपाल आइडलबाट सागर आले बाहिरिए


२३ भदौ, धादिङ –

नेपाल आइडलको टप ४ बाट सागर आले बाहिरिएका छन् ।

नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडलको शुक्रबार भएको सो मा आले बाहिरिएका हुन् ।

भरतपुर महानगरपालिका स्थित पटिहानी घर भएका सागर, नेपाल आईडलमा भर्सटाईल गायकको रुपमा चिनिएका छन् । चितवनबाट अडिसन दिएका आले टप ४ सम्म पुग्न सफल भएका थिए ।

नेपाल आइडलको ग्राण्ड फिनाली आगामी असोज ६ गते कतारमा हुनेछ ।टप ३ मा बुद्ध लामा, प्रताप दास र निशान भट्टराई छन् । फाइनलमा पुगेका तिनै जना खाली हात फर्कनु पर्ने छैन। तेस्रो स्थानमा पर्ने प्रतियोगीले १० लाख रुपैयाँ पुरस्कार पाउने छन्। दोस्रोले १५ लाख रुपैयाँ पुरस्कार रहेको छ भने विजेताले २० लाख रुपैयाँ, महिन्द्रा केयुभी १०० गाडी र १५ लाख रुपैयाँको एल्बम कन्ट्रयाक प्राप्त गर्ने छन्।

२०७४ भदौ २३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: