Sat. Jul 27th, 2024

कोरियामा शिशिर, इन्दिरा र गिरिश

11007440_1031896543491771_542682078_n

टबकम र सेभ नेपाल फुटबलको आयोजनामा दक्षिण कोरियामा आयोजित विन्टर ब्लास्टु मा धमाकेदार प्रस्तुती दिएर कलाकारहरुको टिम नेपाल फर्किएको छ ।

कोरियास्थित दापसिम्नी स्टेसन र न्यु छोन्जी होटलमा आयोजित दुई भव्य सोमा र्‍यापर गिरिश खतिवडा, लोकप्रिय गायिका इन्दिरा जोशी, डिजे शिशिर र मिस राजधानी परिना र्राईले प्रस्तुती दिएका थिए । कार्यक्रमकि आकर्षा गायिका इन्दिरा जोशीले उध्रेको चोली, रातो घाघर, रेलिमाई-रेलिमाई आदि लोकप्रिय गीतहरु बारुले कम्मर हल्लाउँदै गाएकि थिइन् ।

बेले डान्सर इन्दिरालाई साथ दिने क्रममा गीत सुन्दै दर्शक पनि खुलेर नाचेका थिए । यस्तै डिजे शिशिरले नेपाली गीत संगीतलाई फ्युजन गरेर बनाएको डिजेइङ भर्सनमा फ्लोरमा दर्शकलाई पसिना आउन्जेल नचाएका थिए । शिशिरका अनुसार कोरियामा नेपालबाट डिजे लगेर आयोजना गरिएको पहिलो टुर थियो यो । प्रवासी भुमीमा डान्स बीटको नेपाली संगीतमा रम्न पाउदा दर्शकहरु उत्तिकै खुशी थिए ।

यसपटकको कार्यक्रम फरक स्वादको भएको दर्शकहरुको प्रतिक्रिया थियोु गायिका जोशीले भनिन् -गायिका, डिजे, र्‍यापर र नृत्यागंनाको संगम भएकाले दर्शकहरुले भरपुर मनोरन्जन लिनुभयो । र्‍यापर एवं डिजे समेत रहेका गिरिश खतिवडाको प्रस्तुतीले झनैं तहल्का मच्चायो । कमब्याकको क्रममा गिरिशले हललाई नै आफुमा आकषिर्त गर्दै स्टेज पर्फ दिएका थिए । यस्तै परिनाले माइतिघर लगायतका नृत्य प्रस्तुत गर्दै दर्शकको मन जितिन् ।

About The Author

Loading...

अन्य समाचारहरु: