Fri. Jul 4th, 2025

श्रीमतीको मृत्यु, श्रीमान घाइते

roadaccident4_20150303081757
१९ फागुन, काठमाडौं । काठमाडौंको तीनकुनेमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा हिरा लामाको मृत्यु भएको छ । दुर्घटनामा उनका श्रीमान घाइते भएका छन् ।

ना २ ख २७३५ नम्बरको डिजेल बोक्ने ट्यांकरले बा ५२ प ५८३४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी काभ्रेकी लामाको मृत्यु भएको छ ।

दुर्घटनामा चालक गणेशबहादुर लामा घाइते भएका छन् ।  मोटरसाईकललाई ओभरट्याक गरेर जान लाग्दा ट्याङकरको अगाडि र पछाडिको चक्का बिचमा झुण्ड्याइएको बाल्टीले मोटरसाईकललाई हानेको थियो ।

About The Author

अन्य समाचारहरु: