Fri. Mar 29th, 2024

टर्किस एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना

turkish-airlines01

२०  फागुन, काठमाडौं  । टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगिएको छ ।

बुधबार बिहान पौने ८ बजे काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा अवतरण गर्दै गर्दा टीके ७२६ फ्लाइटको विमान ुरन वेुबाट चिप्लिएको हो । टर्किस एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना भएको पहिलो पटक हो ।

काठमाडौंको मौसम बुधबार पनि खुलेको छैन । सेतो कुहिरोले भिजिबिलिटी कम भएको विमानस्थल स्रोतले जनाएको छ ।

मौसममा खरावी हुँदा काठमाडौंबाट हुने उडान केही दिनयता प्रभावित हुँदै आएका छन् ।

जहाजमा २ सय ४८ जना यात्रु थिए । उनीहरुलाई आपतकालीन ढोकाबाट निकालिएको थियो । जहाज अहिले पनि चौरमा छ । जहाजमा सामान्य क्षति भएको छ ।

टर्किस एयर काठमाडौं आउने सबैभन्दा लामो दूरीको जहाज हो । जसको उडान अवधि ७ घण्टाको रहेको छ । सेप्टेम्बर १ देखि नेपालमा उडान अनुमति भएको थियो ।

टर्किस एयर गन्तव्यका हिसावले विश्वको चौथो ठूलो विमान कम्पनी हो । नेपाल(टर्कीबीच सन् २०१० मा हवाई सम्झौता भएको थियो ।
इकान्तिपुरबाट

About The Author

Loading...

अन्य समाचारहरु: