

६ असोज, धादिङ –
नेपालकै सर्वाधिक लोकप्रिय ‘नेपाल आइडल’को फाइनल आज(शुक्रबार) कतारको दोहामा हुँदैछ । नेपाली समय अनुसार बेलुका ९ बजेर ४५ मिनेटबाट सुरु हुनेछ ।
नेपाल आइडलका उत्कृष्ट तीनमा निशान भट्टराई, बुद्ध लामा र प्रताप दास दास छन् । यी तीन मध्ये एक जना नेपाल आइडल छानिनेछ ।नेपाल आइडलको विजेताले २० लाख रुपैयाँ नगद, महिन्द्राको कार, १५ लाख बराबरको एल्बम, फस्र्ट रनर अपले १५ लाख र सेकेन्ड रनर अपले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
नेपाल आइडलको ग्राण्ड फिनालेमा टप १२ का कन्टेसटेन्ट सागर आले, सुरज थापा, सुजाता पाण्डे, सन्ध्या जोशी, उल्सन श्रेष्ठ, प्रमिला राई, राहुल विश्वास, मेनुका पौडेल, केञ्जलमेहर श्रेष्ठको पनि प्रस्तुती रहनेछ ।
२०७४ असोज ६ गते प्रकाशित