Sat. Jul 27th, 2024

नीलकण्ठ बहुमुखी क्याम्पसलाई विश्व विद्यालयको ७० लाख अनुदान प्राप्त

11024795_784786984934584_5285202158493308_n
धादिङ । सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसलाई विश्व विद्यालय अनुदान आयोगले ७० लाख रकम प्रदान गरेको छ । सामुदायिक विद्यालयहरुको तुलनामा यस विद्यालयले शैक्षिक स्तरमा जिल्लाकै उत्कृष्ट शिक्षा प्रदान गर्न सफल भएको भन्दै रकम प्रदान गरिएको हो ।

नीलकण्ठ बहुमुखी क्याम्पस धादिङले बुधबार क्याम्पस प्राङगणमा आयोजना गरेको द इफोटर्स जर्नल अफ एन अम सि.नामक पुस्तक विमोचन कार्यक्रममा क्यापस प्रमुख भुपेन्द्र कुमार श्रेष्ठले रकम प्राप्त भएको जानकारी गराउनु भएको हो ।

विद्यालय स्थापना काल देखि नै यस नीलकण्ठ बहुमुखी क्याम्पसले शैक्षिक र भौतिक स्तरलाई एकै साथ अगाडि बढाई जिल्लाकै नमुना विद्यालयको रुपमा स्थापित भएकोमा खुसी व्यक्त गर्दै उहाँको आगामी दिनहरुमा पनि सहयोग प्राप्त भए देशकै नमुना विद्यालयको रुपमा स्थापित गराउने बताउनुभयो । क्याम्पसमा धादिङ जिल्लाकै इतिहासमा पहिलो पटक मास्टर तहसम्म पठन पाठन गराउन सफल भएकोमा खुसी पनि व्यक्त गर्नुभयो । उच्च मावि तह अन्र्तगत यस क्याम्पसले अनुसन्धान तहसम्म पठन पाठन गर्ने लक्ष्य राखेको छ । विगतका दिनहरुमा यस क्याम्पसले धेरै साप्ताहिक पत्रिकाहरु प्रकाशन गरे पनि पुस्तक पत्रिका होइन एउटा शिक्षा क्षेत्रको विकास गर्ने रिसोर्ज जर्नल हो रहेको उहाँले बताउनु भयो ।

यसै गरी नीलकण्ठ बहुमुखी क्याम्पस धादिङका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामनाथ अधिकारीले नीलकण्ठ क्याम्पसको भविष्य उज्ज्वल पार्न काम विद्यार्थीहरुको हातमा भएको बताउनु भयो । नीलकण्ठ क्याम्पस धादिङले सिङगो धादिङ जिल्लाकै शैक्षिक स्तरलाई विकास गर्ने उद्देश्यका साथ क्याम्पसको स्थापना गरिएको भन्दै क्याम्पस स्थापना गर्दा भौतिक तथा आर्थिक समस्या निकै उत्पन्न भए पनि एकताको भावना कायम गर्न सके क्याम्पसको भविष्य सुन्दर रहेको बताउनु भयो । नीलकण्ठ बहुमुखी क्याम्पस धादिङले विमोचन गरेको पुस्तक धादिङ जिल्लाका सबै क्याम्पस तथा विद्यालयहरुले पठन पाठन गर्न सक्ने कार्यक्रममा जानकारी गराइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: