Sat. Jul 27th, 2024

१५ एयरलाइन्सको विहीबारको उडान रद्द

Airliance_ready-to-fly

२१ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थल प्रशासनले विहीबार पाँच बजेदेखि विमान सेवा सुचारु हुने बताए पनि विहीबार १५ वटा विमान कम्पनीले आफ्नो उडान रद्द भएको घोषणा गरेका छन् ।

काठमाडौंबाट विहीबार बेलुकासम्म बाहिरी उडान गर्नुपर्ने विमान कम्पनीहरुले आजको उडान रद्द भएको घोषणा गरेका हुन् ।

त्यसरी उडान रद्द भएको घोषणा गर्नेहरुमा भुटान एयरलाइन्स, नेपाल एयरलाइन्स, चाइना साउथर्न, कतार एयरवेज, जेट एयरवेज, डुक एयर, मलेसियन एयर, एयर चाइना एयर अरेबिया, थाई एयरलाइन्स, इण्डिगो, एयर इण्डिया, सिल्क एयर र चाइन इस्टर्न रहेका छन् ।

काठमाडौं आउने विमान पनि रद्द
काठाडौंबाट बाहिर जाने विमानका साथै विदेशबाट काठमाडौं आउने उडानहरु पनि अवरुद्ध भएका छन् ।
विहीबार काठमाडौंमा ओमान एयर, जेट एयर, कतार एयर, एयर एशिया, इत्तिहाद, मालिण्डो, थाई, डुक, मलेसिया, ड्रागन, चाइन साउथर्न, एयर अरेबिया, नेपाल एयरलाइन्स लगायतका जहाज अवतरण गर्ने कार्यलालिका थियो ।
अनलाइन खबरबाट

About The Author

Loading...

अन्य समाचारहरु: