

१८ असोज, धादिङ –
गायक तथा सङ्गीतकार सिएल शर्माको मन छुने ‘लोक पप’ गीत ‘एकै नजरले’ बजारमा आएको छ ।
म्युजिक भिडियो ‘सङ्स नेपाल’ मार्फत हालै युट्युबबाट सार्वजनिक भएको छ ।
समन अधिकारीको निर्देशन रहेको उक्त गीतको भिडियोमा पुष्प खड्का र एलिसा राइको अभिनय रहेको छ । शब्द , सङ्गीत र स्वर सिएल शर्मा स्वयम को रहेको छ ।
इपिएस प्रणाली मार्फत सन २०१२ मा रोजगारी को शिलशिला मा दक्षीण कोरिया गएका गायक तथा सङ्गीतकार शर्मा बिगत १७ बर्ष देखि सङ्गीत मा आबद्ध छन् ।
२०७४ असोज १८ गते प्रकाशित