Sat. Jul 27th, 2024

सुरक्षित आप्रवासन सम्बन्धी दुई दिने तालिम सुरु

IMG_8208
२२ फागुन, धादिङ ।  धादिङ जिल्लामा रहेका पत्रकारहरुका लागि सुरक्षित आप्रवासन सम्बन्धी दुई दिने तालिम शुक्रबारबाट धादिङबेसीमा सुरु भएको छ ।

चन्द्रज्योति एकिकृत ग्रामीण विकास समाज सिड्स धादिङ र समी हेल्भेटार इन्टरकोअपरेसन नेपालको संयुक्त आयोजनामा सञ्चालन गरिएको तालिममा धादिङ जिल्ला भर रहेका विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरुको सहभागीता रहेको छ ।

तालिमको पहिलो दिन कान्तिपुर दैनिकका दिनेश रेग्मीले माइग्रेसन र सञ्चारमाध्यममा यसको महत्वका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । वैदेशिक रोजगारीमा परेर अलपत्र बनेकाहरुको विषयमा समाचार संकलन गर्ने तरिका, वैदेहिक रोजगारमा पठाइने विभिन्न माध्यमहरुको कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा तालिममा सिकाइएको थियो । वैदेशिक रोजगारीमा जाने र जान चाहनेहरुलाई कसरी परामर्श गर्ने भन्ने विषयमा जानकारी गराइएको थियो । तालिममा वैदेशिक रोजगारमा गएर अलपत्र परेका विषयमा वृतचित्र पनि देखाइएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: