२५ असोज, धादिङ ।
कसिलो जिन्स पाइन्ट र टिर्सट प्रायको रोजाइको फेसन होला तर यसले खुट्टा सुनिनेदेखि स्वास्थ्यसम्बन्धी अन्य गम्भीर समस्या निम्त्याउन सक्ने विज्ञहरु बताउँदै आएका छन् । कसिला टिर्सट, पेन्सिल स्कर्ट, ब्रा, जिन्स पाइन्ट र घाँटीको टाई लगाउँदा नसासम्बन्धी समस्या र क्यान्सर पनि हुन सक्ने विज्ञहरुको भनाइ छ।
कसिला लुगा लगाउँदाका बेफाइदा
नसा दबिनेः कसिला जिन्स पाइन्टले नसाको रक्त प्रवाहमा असर गर्ने भएकोले महिलाको तिघ्रामा पीडा बढाउँछ। विशेषगरी महिलाको पेल्भिक क्षेत्रमा यसले असर गर्छ। कसिलो लुगाले तिघ्रा वरपर र पछाडिको भागमा भतभती पोल्छ। यसो हुुँदा नसामा असर पुग्छ।
स्पाइन र माशंपेशीमा असन्तुलनः टाइट पाइन्ट र स्कर्टले मांशपेशी र जोर्नीमा असर गर्छ। सामान्यतया केही समय झुक्दा र बस्दा कसिलो पाइन्टले असर नदेखिन सक्छ। तर लामो समयसम्म यस्ता लुगा लगाई हिँडडुल गर्दा दीर्घकालीन रुपमा नै हिपलाई असर गर्न सक्छ। एक जर्मन अध्ययन अनुसार कसिलो ट्राउजर र अग्ला हिलले जोर्नीसम्बन्धी रोग निम्त्याउँछ।
घाँटीमा दुखाइः पुरुषले लगाउने कसिलो घाँटीको टाईले लामो समयसम्म घाँटीमा दुखाइ हुनेदेखि मांशपेशीका नसा दुख्ने गर्छ। ब्रोजिक इट अलले गरेको एक अध्ययन अनुसार घाँटी कुनै किसिमले कसिएमा आँखा दुख्नुका साथै ग्लुकोमा रोग लाग्ने गर्छ। लामो समयसम्म कसिलो टाई लगाउनेमा घाँटी वरपरको नसामा बढी दबाब उत्पन्न गराउँछ।
नेपाल लाईभ खबरबाट
२०७४ असोज २५ गते प्रकाशित