Sat. Jul 27th, 2024

अनेरास्ववियु धादिङको अध्यक्षमा पुन: राना क्षेत्री निर्वाचित

11054351_1618746981692414_5013500589550514899_n

धादिङ – अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) धादिङको अध्यक्षमा पुन सन्तोष राना क्षेत्री निर्वाचित हुनु भएको छ ।

शुक्रवार धादिङको नलाङ गाँउ विकास समितिको सिद्धेश्वर उच्च माध्यमिक विद्यालयमा भएको २३ औं जिल्ला सम्मेलनले उपाध्याक्षमा सुविर विसुराल, सचिवमा दोलख गुरुङ, सह सचिवहरुमा विवेक अर्याल, भुवन श्रेष्ठ, सुमित्रा राना मगर र कोषाध्याक्षमा रक्तिम तामाङलाई सर्वसम्मत चयन गरेको हो ।

यस्तै कार्यसमिति सदस्यहरुमा रेशम श्रेष्ठ, धनबहादुर गुरुङ, सीताराम तिवारी, सीर्जना खनाल, कल्याण अधिकारी, श्यामकुमार लामा, प्रह्लाद अधिकारी र ताराबहादुर मगर रहेको अनेरास्ववियु धादिङले जानकारी दिएको छ । अधिवेशनले आगामी दुई वर्षका लागि २५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: