Sat. Jul 27th, 2024

पत्रकारलाई सुरक्षित आप्रवासन सम्बन्धी दुई दिने तालिम

IMG_8257 copy
२३ फागुन धादिङ ।  धादिङ जिल्लामा रहेका पत्रकारहरुका लागि सुरक्षित आप्रवासन सम्बन्धी दुई दिने तालिम दिइएको छ ।

आवाज अभियान नेपाल, चन्द्रज्योति एकिकृत ग्रामीण विकास समाज सिड्स धादिङ र समी हेल्भेटार इन्टरकोअपरेसन नेपालको संयुक्त आयोजनामा सञ्चालन गरिएको तालिममा धादिङ जिल्ला भर रहेका विभिन्न सञ्चारमाध्यमका २० जनाको सहभागीता रहेको थियो ।

तालिममा कान्तिपुर दैनिकका दिनेश रेग्मीले माइग्रेसन र सञ्चारमाध्यममा यसको महत्वका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । वैदेशिक रोजगारीमा परेर अलपत्र परेका घरपरिवार तथा आफन्तजनको दुखी पिडितहरुको रिर्पोटिङ गर्ने तरीका साथै खाडी, कफला पद्धती र आप्रवासी कामदारमाथि पर्ने असरका विषयमा पनि तालिममा जानकारी गराइएको थियो ।

वैदेशिक रोजगारीका विषयमा भएका मुद्धाका विषयमा समाचार संकलन गर्ने तरिका, वैदेशिक रोजगारमा पठाइने विभिन्न माध्यमहरुको कसरी रिपोर्टिङ गर्ने भन्ने विषयमा तालिममा सिकाइएको थियो तालिममा वैदेशिक रोजगारमा गएर अलपत्र परेका विषयमा वृतचित्र पनि देखाइएको थियो । त्यसैगरी समी हेल्भेटार इन्टरकोअपरेसन नेपालका कार्यक्रम संयोजक दिनेश कमल रोकायले वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि परामर्श गर्न स्थान, कम्पनी, लागत लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: