Sat. Jul 27th, 2024

लोकदोहोरी प्रतियोगीतामा पार्वती आमा समूह प्रथम

IMG_8613

धादिङ – १ सय ५ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित महिला हिंसा विरुद्ध भएको सचेतनामूलक लोकदोहोरी प्रतियोगीतामा पार्वती आमा समूह प्रथम भएको छ ।

प्रतियोगीतामा प्रगतिशिल महिला समूह द्धितीय, सादभन्ञ्याङ आमा समूह तृतयिा, कोपीला समूह र देउराली आमा समूह सान्त्वना भएका छन् । सहयात्री समाज नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय स्थानीय युवा साझेदार कार्यक्रम जिल्ला विकास समिति र, जिल्ला प्रहरी कार्यलय धादिङको सहयोगमा गरिएको प्रतियोगीतामा धादिङको मुलपानी गाँउ विकास समिति भित्रका विभिन्न १३ वटा आमा समूहहरुको सहभागीता रहेको थियो ।प्रतियोगीतामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने समूहहरुलाई कार्यक्रमका प्रमुख अतिथि धादिङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले क्रमश १५ सय, १ हजार, ७ सय र ५ सय नगद सहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सहयात्री समाज नेपालका सभिव विष्णु सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश मल्ल, जिल्ला विकास समिति धादिङका सामाजिक विकास अधिकृत विनोद अर्याल, महिला तथा बालबालिका कार्यलय धादिङका निर्मला केसी लगायतले शुभकामना दिनुभएको थियो ।

यस वर्षको नारा महिला सशक्तिकरण नै मानिविय सशक्तिकरणको तस्विर हो, लैङ्गिक मैत्री संविधान महिला हिंसाको निदान तय गरिएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: