Sat. Jul 5th, 2025

काङग्रेस धादिङको प्रचार प्रसार अभियान सुरु

१२ कात्तिक ,धादिङ-

मङ्सीर १० गते हुने प्रदेश र प्रतिनिधी शभा निर्वाचनको लागि नेपाली काङग्रेस धादिङले प्रचारप्रसार अभियान सुरू गरेकोे छ ।

त्रिपुरासुन्दरी गाउँपालिकाको वडा न. ७ स्थित लपाङफेदीमा आयोजित लोकतान्त्रिक गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र राप्रपाको प्रदेशसभा स्तरीय संयुक्त कार्यकर्ता भेलालाई चुनावी प्रशिक्षणको रुपमा संचालन गरेको हो ।

भेलाले निर्वाचनलाई मध्यनजर गरेर प्रदेश भित्रको चारवटै गाउँपालिकाको सबै वडा हरूको निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।

नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार रहेका धादिङ प्रतिनिधिसभा २ को उम्मेद्वार कानुन न्याय तथा संसदीय राज्य मन्त्री मा. दिलमान पाख्रिन, नेपाली कांग्रेस धादिङका सभापति एवम् प्रदेशसभा २ (क) को उम्मेद्वार रमेश धमला, नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारी, लगाएतको उपस्तिथ रहेको थियो ।

राप्रपाका नेता एवम् पूर्व राज्य मन्त्री पर्शुराम तामाङ, जिल्ला अध्यक्ष नवराज श्रेष्ठ, प्रदेशसभा २ (ख) को उम्मेद्वार डम्वर तामाङ लगाएत कांग्रेस, राप्रपाका जिल्ला स्तरीय नेता हरुले निर्वाचन सम्बन्धमा अगुवा कार्यकर्ताहरू लाई प्रशिक्षित गराएका थिए ।
प्रचारप्रसार समितिमा लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुको सहभागिता रहने कुरा नेपाली कांग्रेस जिल्ला सदस्य नवराज तिमल्सिनाले वताए ।

  कात्तिक १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: