Sat. Jul 5th, 2025

चितवनमा बस दुर्घटना, २४ जना घाईते


१२ कात्तिक, चितवन –

भरतपुर महानगरपालिकाको आँपटारी जंगल नजिक ट्रिपरको ठक्करबाट यात्रुबाहक बस पल्टिँदा २४ जना घाइते भएका छन् । तीमध्ये २ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।

नारायणगढबाट गोरखातर्फ जाँदै गरेको ना ५ ख ८६९४ नम्बरको बसलाई विपरित दिशाबाट आउँदै गरेको बा ३ ख ९०१२ नम्वरको ट्रिपरले पानी ट्यांकी आरालो नजिक ठक्कर दिएको थियो ।

गम्भीर घाइते २ जनाको पुरानो मेडिकल कलेजमा र अन्यको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र भरतपुर मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिए ।
बस चालक घाइते छन् । ट्रिपर चालक फरार छन् । उनको खोजी भइरहेको पन्तले जानकारी दिए ।

 २०७४ कात्तिक १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: