
फाइल फोटो

१२ कात्तिक, धादिङ –
धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोड स्थित त्रिशुली नदिमा शनिबार भएको बस दुर्घटनामा मृत्यु भएका मध्ये ३० जनाको शव आफन्तलाई बुझाइएको छ ।
सप्तरीबाट आएका आफन्तहरुले शवको सनाखत गरिदिएपछि पोष्टमार्टम पश्चात अन्तिम संस्कारको लागि आफन्तलाई बुझाइएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । दुर्घटनामा ३१ जनाको मृत्यु भएको छ । भने १६ जना घाईते भएका छन् । मृतक मध्ये १ जनाका सनाखत हुन सकेको छैन ।
दुर्घटनामा परि मृत्यु भएका अन्दाजी ३०/३२ वर्षका देखिने आकाशे निलो रंगको सर्ट, एनेकपा माओवादी लेखिएको टिसर्ट र आर्मी कलरको हापकट्टु लगाएको पुरुषको भने सनाखत हुन सकेको छैन । शवलाई गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । शवको सनाखत भएपछि आफन्तलाई जिम्मा लगाइने सिंहले जानकारी दिए ।
सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान त्रिशुली नदिमा खस्दा ३१ जनाको मृत्यु भएका छन् भने १६ जना घाईते भएका छन् ।
२०७४ कात्तिक १२ गते प्रकाशित