Sat. Jul 5th, 2025

टानको अध्यक्षमा दाहाल विजयी


१३ कात्तिक,  धादिङ –

ट्रेकिङ एजेन्सिज् एसोसिएसन नेपाल (टान) को अध्यक्षमा नवराज दाहाल निर्वाचित भएका छन् ।

काठमाडौँमा भएको ३९अौ साधारण सभाबाट तथा अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । अध्यक्षका प्रत्यासी मोहन लम्साललाई हराउदै दाहाल विजयी भएका हुन् ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा खुम सुवेदी, प्रथम उपाध्यक्षमा जीवन थापा, द्धितिय उपाध्यक्षमा निलहरी बस्तोला, महासचिवमा आङ पेम्बा शेर्पा, सचिव सुजन लामिछने, कोषाध्यक्ष रामकृष्ण तिमील्सिना, सह कोषाध्यक्षमा तारा राणा निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा रबिन्द्र अधिकारी, राजन काप्री, गोपाल श्रेष्ठ, बाबुराम गुरुङ, शेर बहादुर परियार, रितु ग्याम्दान, जंग बहादुर लामा, शुक बहादुर लामा निर्वाचत भएका छन् ।

 

२०७४ कात्तिक १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: