
१३ कात्तिक, काठमाडौ ।
अस्ट्रेलिया निवासी गायक आशिष श्रेष्ठको आवाज रहेको “मनमा पिर” गीतको भिडियो सार्वजनिक भएको छ ।
हरि लम्सालको संगीत ,अनमोलमणि पौडेलको शब्द रचना रहेको यस गीतको भिडियोमा आकाश र ज्योत्सना योगीको अभिनय हेर्न सकिन्छ । अर्जुन तिवारीको छायाँकन, निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई अहिलेका चर्चित एबम ब्यस्त निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन ।
गायक श्रेष्ठ लामो समय देखि अस्ट्रेलियाको सिड्नीमा रहेर नेपाली गीत संगीतको छेत्रमा सक्रिय रुपमा लाग्दै आउनु भएको छ ।
२०७४ कात्तिक १३ गते प्रकाशित