Sat. Jul 5th, 2025

प्राधिकरणको प्रतिवद्धताः वर्षा अगावै ६० प्रतिशत भूकम्पपीडित घरमा

१३ कात्तिक, काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माण तथा पुनस्थापनामा सहयोग गरिरहेका विकास साझेदारसँग वर्षा अगावै ६० प्रतिशत भूकम्पपीडितलाई घरमा सार्ने प्रतिवद्धता व्यक्त गरेको छ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले विकास साझेदारसँगको छलफलमा प्राधिकरणमा नेतृत्व परिवर्तन भए पनि काममा कुनै कमी नआउने प्रतिबद्धता व्यक्त गर्दै सबै विकास साझेदारबाट रचनात्मक सहयोगको अपेक्षा गरेको बताए।

पुनर्निर्माणसँग सम्बन्धित मन्त्रालय तथा स्थानीय तहमा काम गरेको लामो अनुभव सुनाउँदै भुसालले संगठनात्मक र नीतिगत चरण सकिएकाले अब तीव्र रुपमा कार्यान्वयन गर्न सकिने बताए।

उनले भने,‘वर्षाअघि ६० प्रतिशत भूकम्पपीडितलाई नयाँ घरमा सार्ने लक्ष्य छ, यसमा विकास साझेदारको सहयोगको खाँचो छ, पुनर्निर्माणमा आवश्यक पर्ने प्राविधिक जनशक्ति उत्पादनमा पनि विकास साझेदारको सहयोग आवश्यक पर्छ।’

विकास साझेदार संस्थाका प्रतिनिधिले पुनर्निर्माणमा भइरहेको सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

२०७४ कात्तिक १३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: