Sat. Jul 5th, 2025

आज हरिबोधिनी एकादशी, तुलसीको पूजाअराधना गरी मनाईदै

 

१४ कात्तिक, काठमाडौं ।

आज हरिबोधिनी एकादशी, तुलसीको पूजाअराधना गरी मनाइँदैछ । हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको तुलसीसँग विवाहसमेत गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले सो दिन तुलसीको विवाह विष्णुसँग गर्ने परम्परा बसेको हो ।

तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । आज धादिङको महेशदोभानमा पनि भव्य मेला लागेको छ । रातभर बत्ति बालेर जागाराम बसी पुजापाठ गर्नेहरुको विहानै देखी भिड लागेको छ । धादिङका अन्य विष्णुको मन्दिरहरमा पनि भव्य मेला लागेको छ ।

कार्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन भन्ने धार्मिक विश्वास छ । आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन ।

विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध स्ता माङ्गलिक कार्य नगरिने परम्परा छ । सो समयमा खोला, नदीनालामा बाढी आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।
२०७४ कात्र्तिक १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: