Sat. Jul 5th, 2025

वन मन्त्रालयलाई प्राधिकरणको निर्देशन– घर बनाउन काठको खाँचो नहोस्

१४ कात्तिक, काठमाडौं ।
काठ अभावका कारण भूकम्पीडितका घर पुनर्निर्माण नहुने अवस्थालाई रोक्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले वन मन्त्रालय र यस मातहतका निकायका अधिकारीहरुलाई बोलाएर आवश्यक काठ उपलब्ध गराइदिन सोमबार आग्रह गरेका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडितको घर निर्माणका लागि पर्याप्त काठ उपलब्ध गराउन आग्रह गरेको छ ।
मन्त्रालय, वन विभाग र टिम्बर कर्पोरेशन अफ नेपालका अधिकारीसँग भएको छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भुसालले पुनःनिर्माणका लागि सहज रुपमा काठ बिक्री वितरणको व्यवस्था मिलाउन अनुरोध गरे ।

जिल्लामा प्रजिअको अध्यक्षतामा रहने आपूर्ति व्यवस्था समितिलाई सक्रिय बनाउन र भूकम्पप्रभावित जिल्लामा घुम्ती चिरानी मेसिन स्थापना गर्नेलगायत काम तत्काल गर्न पनि उनले मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।
२०७४ कार्तिक १४ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: