Sat. Jul 5th, 2025

क्यान्सर पीडित बालकलाई उपचारमा समस्या

१४ कात्तिक, धादिङ–

बोनम्यारो क्यान्सरबाट पीडित १३ बर्षका एक बालकको उपचारमा रकम अभावका कारण समस्या भएको छ ।

काठमाडौँ बानेश्वरको सिबिल हस्पीटल बेड नम्बर २३८ मा उपचाररत नेत्रावती गाउँपालिका वडा नम्बर ५ हुलाक गाउँका सरोज तामाङका अभिभावकले खर्च जुटाउन नसक्दा समस्या भएको हो ।

सरोजका बुबाआमा अहिले ज्यामी काम गरिरहेका छन् । बिगत ५ बर्ष देखि उपभचारका लागी करिब २५ लाख खर्च गरे पनि छोरा सरोजको स्वस्थ्यमा सुधार नआएको भन्दै बुबा राम तामाङ र आमा डल्ली मायाँ तामाङले सहयोगको अपिल गरेका हुन् ।

आफूसंग भएको जति धनराशि खर्च गर्दा पनि छोरालाई ठिक नभएको र आर्थिक अवस्था पनि कमजोर भएका कारण उपचारमा बाधा पुगेको राम तामाङ बताउछन् ।

उपचारमा सहयोग गर्न चाहनेले एभेरेष्ट बैँकमा बुबा राम तामाङको नाममा रहेको खाता नम्बर :००१००५०१२२२११७ रकम जम्मा गरी सहयोग गर्न अनुरोध गरेका छन् ।

२०७४ कात्तिक १४ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: