
१५ कात्तिक, गोरखा
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाइ लक्षित गरी गोरखा जिल्लाका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बुधवारबाट जिल्लाका सबै नाकामा २४ सै घण्टा चेकजाँच शुरु गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
चुनावको समयमा हातहतियार भित्रन सक्ने भन्दै चेकजाँचमा कडाइ पारिएको डिएसपी भेषराज रिजालले बताए ।
‘चुनावको समयमा नाकाबाट हातहतियार भित्रन सक्छ,’ डिएसपी रिजालले भने, ‘फेरि अवैध वस्तुसँगै लागू औषध पनि ओसारपसार हुन सक्ने भएकाले २४ सै घण्टा चेकजाँच गर्न सुरु गरेका हौं ।’
पैदल यात्रुदेखि गाडीमा सवार सबैलाइ चेकजाँच गरिने उनले बताए । निर्वाचनलाइ शान्तिपूर्ण र निष्पक्ष ढंगबाट सम्पन्न गर्नका लागी सुरक्षा व्यवस्थामा कडाइ पारिएको डिएसपी रिजालको भनाइ छ।
२०७४ कात्तिक १५ गते प्रकाशित