Sat. Jul 5th, 2025

निलकण्ठ नगरपालिकामा फ्री वाई फाई जडानको समझदारी पत्रमा हस्ताक्षर

१७ कात्तिक, धादिङ

निलकण्ठ नगरपालिकालाई फ्री वाई फाइ वनाउने योजनाका साथ माईक्रोसफ्ट ईनोभेन्स सेन्टर संग समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नगरपालिकामा ईन्टरनेट विस्तार गरी नमुना शहर वनाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
माईक्रोसफ्ट ईनोभेन्स सेन्टर संग पाँच वर्षको लागि सो पत्रमा हस्ताक्षर भएको छ । निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगाना र माईक्रोसफ्ट इनोभेन्स सेन्टरका कन्ट्रि डाईरेक्टर एल एन तुलाधरले हस्ताक्षर गरेका थिए ।

माईक्रोसफ्ट ईनोभेन्स सफ्टवेयले विश्वभरका प्रविधीमध्ये सुचना तथा संचारको क्षेत्रमा छिठो र छरीतो काम गर्दछ ।
निलकण्ठ नगरपालिकामा फ्री वाई फाई जडान गर्नको लागि आवश्यक सामाग्री माईक्रोसफ्ट ईनोभेन्स सेन्टरले सहयोग गर्ने भएको हो ।
नगरपालीकाका १४ वटै वडामा अब बन्ने नयाँ भौतिक संरचनाहरुलाई प्रविधी मैत्री बनाई सेवाग्राहीलाई अनलाईन प्रणाली मार्फतसेवा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

नीलकण्ठ नगरपालीकाले नगरलाई स्मार्ट सीटी बनाउने पहिलो कदम चालेको छ ।
सोही कार्यक्रममा नीलकण्ठ नगरपालकिाका मियर भीम प्रसाद ढुङानाले नगरबासीले गर्व गर्ने नगर बनाउने जानकारी दिए ।

 २०७४ कात्तिक १७ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: