Sat. Jul 5th, 2025

निर्वाचनअघि नारायणगढ–मुग्लिन सडकमा यातायात नरोकी काम गर्ने तयारी

१८ कात्तिक, चितवन–

निर्वाचनको समयमा सवारी आवागमनमा समस्या देखिने भएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात नरोकी काम गरिने भएको छ ।

सडकमा अहिले कालोपत्रेको काम भइरहेको छ । एकातर्फबाट सवारी सञ्चालन र अर्कोतर्फ कालोपत्रे गर्न सकिने भएकाले आउने जाने सवारीलाई आलोपालो सञ्चालन गर्ने तयारी गरिएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक रोकेर काम गर्ने प्रस्ताव गरेको भए पनि आफूले निर्वाचन अघिसम्मका लागि परीक्षणका रुपमा आलोपालो सवारी सञ्चालन गरेर काम अघि बढाउने प्रस्ताव गरेको बताए । उनले भने, ‘अहिलेको सडक फराकिलो छ, एकातर्फ सवारी सञ्चालन गरेर पनि काम गर्न मिल्छ ।’

भित्तो काट्नु पर्ने ठाउँमा भने बीचबीचमा केही समय सवारी रोकेर काम गर्न सकिने उनले बताए । आयोजनाले यसअघि झै दैनिक ६ घण्टा पूरै सवारी रोकेर काम गर्ने प्रस्ताव गरेको छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवले स्थानीय प्रशासनले निर्वाचन अघि आलोपालो सवारी सञ्चालन गरेर काम गर्न प्रस्ताव गरेको बताए ।

२०७४ कात्तिक १८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: