Sat. Jul 27th, 2024

सूर्तीजन्य प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्र अनिवार्य

khaini-520x370_20757

काठमाडौँ   – स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले सूर्तीजन्य पदार्थको प्रयोगदर घटाउन सूर्तीजन्य प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमुलक चित्र अंकित सन्देश छाप्नुपर्ने निर्णय गर्नुपरेको स्पष्ट पार्नुभइको छ ।

एक्सन नेपालद्वारा सोमबार राजधानीमा आयोजित अन्तक्रियामा मन्त्री अधिकारीले सूर्तीजन्य प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमुलक चित्र अंकित सन्देश छाप्नुपर्ने प्रावधान जो सुकैले विरोध र अवरोध गरे पनि आगामी जेठ दुईदेखि लागू गरेरै छाडने बताउनुभयो ।

सरकारले गत पुस २७ मा सूर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्रअंकित सन्देश छाप्नुपर्ने निर्णय गरेको थियो। यसअघि यो हिस्सा ७५ प्रतिशत कायम गरिएको थियो। सरकारको निर्णयविरु द्ध विभिन्न सूर्ती उद्योगीहरु ले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।

मन्त्री अधिकारीले जनताको स्वास्थ्यभन्दा ठूलो अन्य हुन नसक्ने भन्दै निर्णय कार्यान्वयमा यसको कार्यान्वयनमा सरकार पछि नहटने दृढता व्यक्त गरेका थिए ।

मुटूरोग विशेषज्ञ डा। प्रकाशराज रेग्मीले मानिसमा लाग्ने रोगमध्ये ५० प्रतिशतभन्दा बढी सूर्तीजन्य पदार्थ सेवनकै कारण निम्तिने भन्दै यसलाई नियन्त्रण गर्नसके ठूलो जनधनको क्षतिबाट बचिने बताउनुभयो।

मुटूरोग, क्यान्सर, दम, हृदयघात, मस्तिस्कघात, मृगौलारोग जस्ता समस्या देखिनुमा सूर्तीजन्य पदार्थकै सेवन प्रमुखकारण हो। अन्नपूर्ण अनलाइनबाट 

About The Author

Loading...

अन्य समाचारहरु: