

१९ कात्तिक, धादिङ –
धादिङको वेनिघाट रोराङस्थित ताल्तीमा रहेको दियालो साना किसान सहकारी संस्थाले २१ लाख ६२ हजार १ सय २० नाफा कमाउन सफल भएको छ ।
संस्थाले छैटौँ साधारणसभाको आयोजना गरि संस्थाको आयव्यय विवरण प्रस्तुत गरेको हो ।
कार्यक्रममा संस्थाले गरेका कार्यहरु, भाबी योजना, आर्थिक प्रतिवेदन, सेवाकेन्द्र स्थापना लगायतको बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा साना किसान सहकारी संघका अध्यक्ष रंगथपलियाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा साहिल मिया, बिन्दा गुरुङ ,राम ब गुरुङ ,गोरख मगर ,राम तामाङ , पुतली माया चेपाङ ,बाबु सेढाई ,फुल माया तामाङ ,हिरा माया मगर्, चन्द्र बहादुर भुजेल लगयत ७० बर्ष पुरा गरेका जेष्ठ नागारिक लाई सम्मान गरिएको थियो ।
२०७४ कात्तिक १९ गते प्रकाशित