Sat. Jul 5th, 2025

माथिल्लो त्रिशूली थ्री एको निर्माण छिटो सक्न ताकेता

१९ कात्तिक, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणले ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजना तोकिएको समय अघिनै सम्पन्न गर्न ताकेता गरेको छ।

ऊर्जा सचिव एवं प्राधिकरण सञ्चालक समिति अध्यक्ष अनुपकुमार उपाध्याय, कार्यकारी निर्देशक कुलमान घिसिङ, ऊर्जा मन्त्रालयका योजना तथा कार्यक्रम महाशाखा प्रमुख प्रवीण अर्याल र उत्पादन निर्देशनालयका निमित्त उपकार्यकारी निर्देशक हरराज न्यौपाने सहितको टोलीले शनिबार स्थगलत निरीक्षण गरी अर्को वर्षको हिउँदमा विद्युत उत्पादन गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

टोलीले आयोजनास्थलमै ठेकेदार कम्पनी, नेपाली सेना र परामर्शदातासँग छलफल गरेको थियो। भूकम्प र पहिरो क्षति पुर्याएको बाँध स्थल दायाँ–बायाँ र प्रवेश मार्गमा नेपाली सेनाले पहिरो रोकथाम एवं सडक मर्मतको काम गरि रहेको छ। यो काम आगामी चैत्रभित्रमा सक्ने गरी काम भइरहेको सेनाले जनाएको छ ।

टोलीले ठेकेदारलाई तोकिएको समयभन्दा अगाडिनै निर्माण सम्पन्न गर्न आवश्यक सहयोग गर्ने बचन दिएको थियो। ठेकेदार कम्पनीले टोलीको प्रस्ताव बमोजिम द्रूत काम अघि बढाउने प्रतिबद्धता जनाएको छ।

२०७४ कात्तिक १९ गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: