Sat. Jul 27th, 2024

यसरी दुखद घटना भयो…..

 शंकर श्रेष्ठ 

???????????????????????????????

२६ फागुन, धादिङ – बिहान सवा ८ बजेको थियो । कोही लडिरहेका थिए । कोही विरामी बच्चाहरु बोकेर दौडादौड गरिरहेका थिए । सबैभन्दा पहिले बच्चाहरु विरामी परेका रहेछन् । ४ जना विरामी बच्चाहरु बोकेर हिडेका सन्जाबहादुर र उनका बुहारी फुलमायाँ पनि बाटैमा ढलेपछि गाउँमा होहल्ला मच्चियो । सबैभन्दा पहिले २ वर्षका अनिता, ५ वर्षका अर्जुन, ७ वर्षका सविता, ५ वर्षका रमेश विरामी परेका थिए । उनीहरुलाई बोकेर उपचारको लागि स्वास्थ्यचौकी जाँदै गरेका बच्चाहरुका हजुरबुबा सन्जबहादुर स्याङ्तान र रमेशका आमा फुलमायाँ स्याङ्तानको विरामी बच्चा बोकेर हिड्दा हिड्दै बाटोमा नै मृत्यु भयो ।

pida 3 - Copy
घरदेखि झण्डै एक घण्टाको बाटो हिडेर पिडा किरान्चोक गविसको डाँडागाउँ आइपुगेपछि ससुरा बुहारी दुबै जनाले मुखबाट फिज काडेर लडेका थिए । उनीहरुका त्यही मृत्यु भयो । हजुरबुबा र आमाको ढलेपछि रमेशको पनि स्वास्थ्यचौकी पुग्न नभ्याउँदै बाटोमा मृत्यु भयो । अर्जुन, अनिता र सविता तीन जनाको काठमाण्डौको मेघा अस्पताल पुगेपछि मृत्यु भयो ।

pida 6
सन्जाबहादुरले आइतबार साँझ घट्टमा गहु पिसेर लगेको थिए । सोमबार विहान रोटी बनाएर खाजा खाए । बीउका लागि विषादी प्रयोग गरेर राखेको गहु पिसेर खाँदा दुखद घटना भयो । घाँसदाउरा गर्न जानुु पहिले विहान ७ बजेतिर रोटी खाएका थिए ।  रोटी खाएको केही बेरमा बच्चाहरु छटपटिएर रुनी कराउनी गर्न थालेपछि बच्चाहरु बोकेर गजुरी झर्दै थिए । सन्जा र फुलमायाँले मलाई केही भएको छैन भन्दै हिँडेरै आएका थिए । डाँडागाउँ आइपुगेपछि मुखबाट फिज काड्न थाले । भिरबाट हाम फाल्ने प्रयास समेत गरेका थिए । उनीहरुलाई गाउँलेहरुले रोके । तर बचाउन सकेनन् ।  सन्जबहादुरका श्रीमती ६२ वर्षकी ठूलीमायाँ, छोरा ३५ वर्षका टेकबहादुर, बुहारी ३० वर्षकी माइली र १० महिनाकी नातिनी रमिला विरामी छन् ।

pida 5

सन्जाले घट्टमा पिस्न लगेको गहुको ज्याला निकालेर घट्टधनी तिलक बहादुर दोङले पनि गहुँको रोटी बनाएर खाएछन् । घट्ट धनी र उनको ६ जनाको परिवार पनि विरामी छन् । गहु पिसेबापत ज्याला राखेको पिठो खाएका घट्टधनी ५० वर्षका तिलक बहादुर दोङ, उनका श्रीमती ४५ वर्षकी माइली दोङ, छोरी २० वर्षकी नक्कली दोङ, १६ वर्षकी सुनमायाँ दोङ, छोरा १२ वर्षका पूर्णलाल दोङर २ वर्षका तिलक बहादुर दोङ विरामी छन् ।

???????????????????????????????
विषादी मिसिएको गहु पिसे लगतै त्यही घट्टमा पिसेर लगेपछि विहान खाजा बनाएर खाएका छिमेकी ठूलीमायाँ दोङ, साइला दोङ, चिनिमायाँ दोङ र बुद्धिसिंह दोङ पनि विरामी छन् । घट्टधनीका दाइ ५५ वर्षका बिरबहादुर दोङ र ५० वर्षकी फुलमायाँ दोङ पनि सिकिस्त छन् ।
बीउ छरेर बाँकी रहेको करिब २ पाथी गहुमा घट्टमा पिसेका थिए ।

pida 4

 

About The Author

Loading...

अन्य समाचारहरु: