
१९ कात्तिक, धादिङ –
जिल्ला प्रहरी कार्यालय धादिङले दुई थान भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं १३ खुर्पेखोलाका ४६ वर्षीय पुलबहादुर थापा मगरलाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक राजेन्द्र थापाले जानकारी दिए ।
पक्राउ परेका थापालाई हातहतियार खरखजना ऐन अन्र्तगत मुद्धा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ ।
मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै प्रहरीले हातहतियार बुझाउन आह्वान गरेको छ ।
२०७४ कात्तिक १९ गते प्रकाशित