Sat. Jul 5th, 2025

सहिदको सपना पूरा भए मात्रै क्रान्ति सफल हुन्छ : श्रेष्ठ


२० कात्तिक, गोरखा –

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवम् गोरखा जिल्ला क्षेत्र नम्बर -२ दुईको प्रतिनिधि सभा सदस्य उम्मेदवार नारायणकाजी श्रेष्ठ (प्रकाश) ले सहिदको सपना पूरा भए मात्रै क्रान्ति सफल हुने बताएका छन् ।

परिवर्तनका निम्ति लडेका महान सहिदहरुको सपना पूरा गर्न मैले उम्मेदवारी दिएको हु श्रेष्ठले भने जनयुद्ध , जनआन्दोलनको सफलता बाट देशमा लोकतन्त्र गणतन्त्र आयो तर आम नागरिकले लोकतन्त्र-गणतन्त्रको महशुस गर्न पाएका छैनन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले (बाम गठबन्धन)  ले सुलिकोट गाउँ पालिका ६ ताकुकोट पाल्कुमा जनयुद्धका सहिद आशाकाजी श्रेष्ठ, बिमला भट्ट, क्षेत्र महत र सुजिता खत्री को सम्झनामा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै श्रेष्ठले जनयुद्ध र जनआन्दोलन बाट प्राप्त उपलब्धिलाई सस्थागत गरेर समाजवाद सम्म पुग्न अभियानमा जुटेको बताए ।

छुट्टाछुट्टै बसेर एक्लाएक्लै बसेर सहिदको सपना पूरा गर्न नसकिने निष्कर्ष निकाल्दै अब देशभरका बामपंथी (कम्युनिष्ट) हरु एक ढिक्का भएर एउटै पार्टीमा बसेर आर्थिक , सामाजिक क्रान्ति गरिने श्रेष्ठले प्रष्ट पारे।

सहिद आशाकाजी श्रेष्ठ निष्ठावान नेता भएको स्मरण गर्दै आशाकाजी जस्तै बिमला भट्ट, क्षेत्र महत र सुजिता खत्री सहितका सयौ हजारौं सहिदका सपना पुरा गर्न र ऐतिहासिक क्रान्ति सफल पार्न बामपंथीलाई बिजयी गराउन श्रेष्ठले आग्रह गरे ।

२०७४ कात्तिक २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: