Sat. Jul 5th, 2025

भूकम्प्रभावित ५५ स्थानमा टेलिकमको इन्टरनेट सेवा

  २० कात्तिक, काठमाडौं ।

नेपाल टेलिकमले कात्तिक १४ गतेसम्ममा भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । वाइम्याक्स, इभिडिओ तथा थ्रीजी प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका ८ र रसुवाका ९ स्थानमा सो सेवा सञ्चालनमा ल्याएको हो ।

हालसम्म ५ नगरपालिका, ५ गाउँपालिका, ३ वडा कार्यालय, १५ हेल्थपोष्ट तथा पब्लिक हेल्थपोष्ट र २७ विद्यालयमा विभिन्न प्रविधिमार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ ।कम्पनीले सो क्षेत्रमा जडान गरेको वाइम्याक्स बेस स्टेशनको संख्या ३० पुगेको छ । त्यसैगरी थि्रजी डिभाइस १५ र इभिडिओको संख्या १० पुगेको छ ।

कम्पनीले उल्लिखित चार जिल्लाका नगरपालिका, गाउँपालिका, माध्यामिक विद्यालय, हेल्थ पोष्ट आदिमा सर्भिस प्वाइन्ट स्थापना गरी आवश्यकता अनुसार वाइम्याक्स, जिएसएम, सिडिएमए र एडिएसएल मार्फत इन्टरनेट सुविधा उपलब्ध गराएको हो ।

सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबीपीएस गतिको अनलिमिटेड इन्टरनेट सेवा २ वर्षसम्म निःशुल्क चलाउन पाउने छन् । कम्पनीले यी चार जिल्लाका अन्य भूकम्प प्रभावित क्षेत्रमा पनि इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक कार्य गरिरहेको छ ।

भूकम्प प्रभावित क्षेत्रमा इन्टरनेट सुविधा उपलब्ध गराउनका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग गत २०७४ बैशाख २१ मा भएको सम्झौता अनुसार नेपाल टेलिकमले यी क्षेत्रमा आवश्यक सेवा उपलब्ध गराउन थालेको  अनलाईन खबरले समाचार लेखेको छ । 

२०७४ कार्तिक २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: