Sat. Jul 5th, 2025

बस दुर्घटनामा परिवार गुमाएका झालाई आर्थिक सहयोग

२० कात्तिक, सप्तरी

बस दुर्घटनामा छोरा, बुहारीसहित परिवारका पाँच जना सदस्य गुमाएका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ निवासी रमानाथ झालाई आइतबार तिलाठी कोइलाडी गाउँपालिकाले रु ५० हजार आर्थिक सहयोग गरेको छ ।

गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र उपाध्यक्ष सुचीता यादवले तिलाठीस्थित झाको घरमा पुगेर रु ५० हजारको चेक हस्तान्तरण गरेको सो गाउँपालिकाले जनाएको छ ।

गत कात्तिक ११ गते राजविराजबाट काठमाडौँ जाँदै गरेको ना ६ ख १४६७ नंको सन्देश बस धादिङको त्रिशूली नदीमा दुर्घटना हुँदा झाको परिवारसहित सप्तरीका २६ जनाको मृत्यु भएको थियो ।

सो दुर्घटनामा परी उनका दुई छोरा ३८ वर्षीय सञ्जीतकुमार झा, ३३ वर्षीय अञ्जीतकुमार झा, बुहारी ३५ वर्षीया सिम्मीकुमारी झा, नाति नौ वर्षीय अभिनव झा र तीन वर्षीय प्रतीकको मृत्यु भएको थियो ।

२०७४ कात्तिक २० गते प्रकाशित

 

About The Author

अन्य समाचारहरु: