Sat. Jul 5th, 2025

केरुङ – काठमाडौं रेलमार्गः रेल गुडाउन चिनियाँ टोली राजधानीमा

२० कात्तिक, काठमाडौँ

केरुङ–काठमाडौं र काठमाडौं पोखरा हुँदै लुम्बिनीसम्म जोड्ने रेलमार्ग बनाउन स्थलगत अध्ययन गर्न चिनियाँ उच्च अधिकारीको एउटा टोली सोमबार काठमाडौं आउँदैछ ।

रेलमार्गको स्थलगत अध्ययनका लागि चिनियाँ उपमन्त्रीसहितको उच्चस्तरीय २३ सदस्यीय टोलीले मुलुकका अन्य भागमा पनि रेल मार्ग निर्माणको अध्ययन गर्न छलफल गर्नेछ ।

मुलुकमा रेलमार्गको पूर्वाधार निर्माण गर्ने विषयमा स्थलगत अध्ययन गर्ने यो टोली चार दिनसम्म अध्ययन र दुईपक्षीय बैठक सम्पन्न गरी शनिबार र्फकने योजना छ ।

२०७४ कात्तिक २० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: