Sat. Jul 5th, 2025

धादिङ २ मा लोकतान्त्रिक गठबन्धन की बामगठबन्धन बलियो ?


२१ कात्तिक,  धादिङ –

प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका कानुन न्याय तथा संसदीय ब्यवस्था राज्यमन्त्री दिलमान पाख्रिनलाई अघि सारेको छ । पाख्रिनको प्रतिस्पर्धि बााम गठबन्धनबाट एमालेका बैकल्पिक केन्द्रिय सदस्य खेम लोहनीसँग हुनेछ । पाख्रिन काँग्रेसका पुराना दिवंगत नेता दामन पाख्रिनका छोरा हुन । देउवा निकट मानिएका दिलमान जनजाती कोटाबाट समेत टिकट लिनको लागि योग्य भएपछि प्रतिनिधि सभाको टिकट दौडबाट काँग्रेस धादिङका सभापति रमेश धमला बाहिरिएका थिए ।

लोहनी यस पूर्व जिल्ला विकास समिति धादिङका सभापति समेत भइसकेका व्यक्ति हुन् । सभापति हुदाँ विकास प्रेमी नेता भनिएर चिनिएका लोहनी एमाले धादिङको अध्यक्ष हुँदै केन्द्रिय सदस्य भएका हुन् । अध्ययनमा तीष्ण मानिएका लोहनी युवाहरुसँग मात्र नभई सबै क्षेत्रका व्यक्तिसँग समान सम्बन्ध कायम राख्न खप्पिस मानिन्छन् । प्रतिनिधि सभा २ मा लोकतान्त्रिक गठबन्धन ३ हजार दुई सय ५४ मतले अगाडि छन् । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनले ३४ हजार एक सय ५६ मत ल्याएका थिए भने बामगठबन्धनले ३० हजार नौँ सय दुई मत प्राप्त गरेका थिए । यस क्षेत्रमा दुई गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रदेश २(क) मा काँग्रेसबाट जिल्ला अध्यक्ष रमेश धमला र एमालेबाट डा. रामकुमार अधिकारी उम्मेदवार छन् । धमला र अधिकारी दुवै पहिलो पटक जनताको माझमा अग्नि परीक्षामा होमिएका छन् । धमला नेपाली काँग्रेसका जिल्ला सभापति हुन् । उनी युवाहरुका माझमा लोकप्रिय छन् । यस क्षेत्रमा पर्ने नीलकण्ठ नगरपालिका र ज्वालामुखीमा काँग्रेसले जितेका थिए भने नेत्रावती गाउँपालिकामा एमालेले जित हासिल गरेको थियो । यस क्षेत्रका दुवै प्रतिस्पर्धाीले आफूले दोब्बर मत ल्याएर जित्ने दाबी गरेका छन् । यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धन ५ हजार ५ सय ५८ मतले अगाडि छ । लोकतान्त्रिक गठबन्धनले २१ हजार छ सय ३४ मत प्राप्त गरेका थिए भने बामगठबन्धनले १६ हजार ७६ मत पाएका थिए ।

प्रदेश २(ख) मा माओवादी केन्द्रबाट जगत सिंम्खडा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट डम्बर तामाङ चुनावी मैदानमा छन् । सिंम्खडा युवा पंक्तिमा लोकप्रिय बन्दै गएका छन् । उनी मजदुर क्षेत्रमा लामो समय काम गरी माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य समेत बनेका छन् । तामाङ राजनीतिमा नयाँ अनुहार हो । जिल्लामा खासै लोकप्रियता नकमाएको तामाङ राप्रपाका नेता एवम् पूर्व मन्त्री बुद्धिमान तामाङका सहोदर भाई हुन् । यस क्षेत्रमा बामगठबन्धन दुई हजार तीन सय २३ मतले अगाडि छ । यस क्षेत्रमा बामगठबन्धनले १४ हजार आठ सय २६ मत पाएका थिए भने लोकतान्त्रिक गठबन्धनले १२ हजार तीन पाँच सय तीन प्राप्त गरेका थिए ।

गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १३ स्थानीय तह मध्ये ८ वटा एमाले, ३ वटा नेपाली काँग्रेस, १ वटा माओवादी केन्द्र र १ वटा राप्रपाले जितेको थियो । गत स्थानीय निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी एकल चुनावी प्रतिस्पर्धामा थिए भने अधिकांश स्थानमा नेपाली काँग्रेस र माओवादी केन्द्रले कार्यगत एकता गरेको थिए । २०६४ र ०७० को संविधानसभा निर्वाचनमा राजेन्द्र पाण्डेसंग पराजित जम्कटेल उनै पाण्डेसंग सहकार्य गरेर प्रदेश सभाको लागि उठेका छन् ।

२०७४ कात्तिक २१ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: