
कात्तिक २१ ,धादिङ
मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रणालीका लागी धादिङ सदरमुकाममा मतपत्र आईपुगेको छ ।
धादिङ जिल्लामा रहेका दुई प्रतिनिधिसभा र चार प्रदेश सभा निर्वाचनका लागी समानुपातीक र प्रत्यक्षतर्फका मतपत्र नेपाली सेनाले मंगलवार धादिङमा ल्याएको हो ।
जिल्लामा चार प्रदेशसभा र दुई प्रतिनिधिसभा निर्वाचनका लागी आवश्यक पर्ने ३ लाख ९० हजार थान मतपत्र जिल्ला निर्वाचन कार्यलयले ल्याएको छ ।
निर्वाचनको समयमा सुरक्षा ब्यवस्था कडा गरी सुरक्षित तरिकाले मतादाताहरुलाई मतदान स्थलसम्म गएर भोट खसाल्ने वातावरणका लागी जिल्लाका उच्च स्तरीय टोली समेत परिचालित भएकोे जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ ।
धादिङ जिल्लामा कुल २ लाख ३३ हजार ५ सय ५ जना मतदाता रहेका छन् । जिल्ला निर्वाचन कार्यालय धादिङले तिव्र गतिमा निर्वाचनको तयारी भईरहेको बताएको छ ।
२०७४ कात्तिक २१ गते प्रकाशित