Sat. Jul 5th, 2025

मालेका पोलिटब्युरो सदस्य एमालेमा प्रवेश

२२ कार्तिक,काठमाण्डौ ।
नेकपा मालेका पोलिटब्युरो सदस्य रामचन्द्र बलामीसहित ३० जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन ।
बृहत वामपन्थी एकताका लागि प्रयास गर्दा मालेको नेतृत्व तयार नभएकाले आफूहरू बृहत वाम एकतामा आएको उनले बताए ।
मंगलबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीले मालेका केन्द्रीय सदस्य भरतमणि ज्ञवाली, पार्टीको मजदुर संगठनका केन्द्रीय अध्यक्ष नरबहादुर थापालगायतका नेता तथा कार्यकर्तालाई एमालेमा गराएका हुन् । ज्ञवाली गुल्मी क्षेत्र नं १ मा नेकपा मालेकातर्फबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार हुन् ।
२०७४ कार्तिक २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: