Sat. Jul 5th, 2025

दुई किलो चरेससहित यूक्रेनी नागरिक पक्राउ

२२ कात्तिक, काठमाडौं

दुई किलो चरेससहित त्रिभुवन विमानस्थलबाट युक्रेनी नागरिक पक्राउ परेका छन् ।
प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको टोलीले ४२ वर्षीय ओलेक्सी लोलेन्कोलाई पक्राउ गरेको हो ।

त्रिभुवन विमानस्थलमा जेट एयरवेजको ६५२ नं. को उडानमा मुम्बई हुँदै यूक्रेन जान लागेका ओलेक्सीको सुटकेश चेकजाँचका गर्दा दुई किलो चरेस भेटिएको थियो ।
ओलेक्सीले सुटकेश भित्रको स्टाइलिस्ट स्पोर्ट जुत्ता र डाबर च्याबनप्रासको डिम्बामा चरेस लुकाइ राखेका थिए ।

पक्राउ परेका ओलेक्सीलाई लागुऔषध नियन्त्रण व्यूरोमै राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

२०७४ कात्तिक २२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: