
२३ कात्तिक, धादिङ –
मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा समुदायको सवालहरुलाई निर्वाचन घोषणा पत्रमा समावेश गर्न राजनैतिक दलहरुलाई अनुरोध गरेको छ ।
अक्सफामको सहयोगमा फोकस नेपालद्धारा संचालित नेपाल भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्रमा कार्यरत संस्थाहरुको अनुभवमा आधारित जनताका सवाल जिल्लामा क्रियाशिल राजनैतिक दलका घोषणापत्रमा समावेश गर्न आग्रह गरेका हुन् ।
कार्यक्रममा जिल्लामा देखिएका सवाललाई तयार पारिएको अनुरोध पत्र क्रियाशिल राजनैतिक दलहरुलाई हस्तान्तरण गरिएको छ ।
जिल्लामा भएको खानेपानी सरसफाई र स्वास्थ्य, प्रकोप जोखिम न्युनिकरण, भुकम्प पछिको पुन निर्माण, खाद्य सुरक्षा, उपयुक्त आवास, लैङिक संरक्षण तथा सामाजिक समावेशीकरण, जलवायु परिवर्तन जस्ता सवालहरुलाई आफ्ना एजेन्डाहरु बनाउन आग्रह गरेका छन् ।
मंसिर १० गते हुने प्रतिनिभि सभा र प्रदेशसभा निर्वाचनलाई सबै दलहरुले आ आफ्नो एजेन्डा सहित घोषणपत्र सार्वजनिक गरेका छन् ।
२०७४ कात्तिक २३ गते प्रकाशित