

२४ कात्तिक, धादिङ –
मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले नमुना मतदान कार्यक्रम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय धादिङले शुक्रबार कार्यक्रमको आयोजना गरेको हो ।
नमुना मतदान कार्यक्रममा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक तर्फको छुट्टाछुट्टै मतपत्र प्रदान गरि पालैपालो मतदान गरिएको थियो । निर्वाचनमा मत बदर हुने भएका कारण मतदाता शिक्षा प्रदान गरि नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकृत ईश्वर सिंम्खडाले जानकारी दिए ।
नमुना मतदानमा महिला, पुरुष, अशक्त र वृद्धवृद्धाको लाइन मिलाउने, मतदाता परिचयपत्र रुजु गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने र गोप्य स्थानमा पुगी उम्मेदवारलाई मत दिन सिकाइएको थियो । स्वस्तिक छाप लगाएपश्चात् मत बदर नहुने गरी पट्याउने विधि पनि सिकाइएको थियो ।
https://www.youtube.com/watch?v=VW7Wwc48xfw&feature=share
२०७४ कात्तिक २४ गते प्रकाशित