

२४ कात्तिक, धादिङ –
मिस टुरिजमको उपाधि आरती थापाले हात पारेकी छन् । प्वाईन्ट मिडियाले आयोजना गरेको प्रतियोगीताको शुक्रबार भएको फाइलन प्रतिस्पर्धामा थापाले उपाधि हात पारेकी हुन् ।
डेनमार्कबाट म्यानेजमेन्टमा ब्याचलर सकाएकी थापा पेरिसको एक्टिङ वर्कसपमा सहभागी भएर नेपाल आएकी हुन् । उनले आधा दर्जन म्युजिक भिडियोमा मोडलिङसमेत गरिसकेकी छिन् । पोखराको मटेपानीमा जन्मिएपनि धादिङको मलेखुमा हुर्केकी आरतीले ३३ जना प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् ।
प्रतियोगीतामा कृष्टिना श्रेष्ठ फस्टरनरअफ र एन्जी लामा सेकेण्ड रनरअफ भइन् । फस्ट रनर अपलाई नगद ३० हजार रुपैयाँ र सेकेण्ड रनर अपलाई नगद २० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको प्वाईन्ट मिडियाका प्रबन्ध निर्देशक नविन काफ्लेले बताए । प्रतियोगितामा १८ देखि २५ वर्ष उमेर समूहका युवतीहरुको सहभागीता रहेको थियो ।
मिस टुरिजम–२०१७ लाई नगद पचास हजार रुपैयाँ, नेपालका स्थापित संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गरिने जनाईएको छ ।
२०७४ कात्तिक २४ गते प्रकाशित