Sat. Jul 5th, 2025

निर्वाचनका लागि स्वयंमसेवकलाई धादिङमा मतदाता शिक्षा


२५ कात्तिक,  धादिङ –

मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय धादिङले मतदाता स्वयंमसेवकहरुलाई मतदाता शिक्षा दिन सुरु गरेको छ ।

कार्यालयले जिल्लामा निर्वाचनका लागि गर्नु पर्ने अन्य कामहरुसंग संगै मतदातालाई कसरी मतदान गर्ने भन्ने कुराहरुको बारेमा सिकाउन स्वंयमसेवकहरुलाई मतदाता शिक्षाको प्रशिक्षण सुरु गरेको हो ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन र निर्वाचित प्रतिनिधिसभा सांसद र प्रदेशशभा सांसदको काम कर्तव्य अधिकारको विषय सिकाई प्रशिक्षण पश्चात उनीहरुलाई गाँउ गाँउमा मतदाताहरुको घर घरमा पठाईने निर्वाचन कार्यालयले जानकारी दिएको छ । निर्वाचन कार्यालय धादिङले निर्वाचनका लागि गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार निर्वाचनका लागी जिल्ला भर रहेका सबै स्थानहरुमा निर्वाचनका लागी मतदान स्थलको पुनरावलोकन गरी उपयुक्त स्थानमा मतदान केन्द्र तोकी निर्वाचन कार्यालयमा पठाईसकेको जनाएको छ । निर्वाचनका लागि धादिङ जिल्लामा २ सय ७५ मतदान केन्द्र र १ सय ९ मतदानस्थल निर्धारण गरिएको छ ।

२०७४ कात्तिक २५ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: